सल्यान कुमाख ५ मा नेकपा विजयी

दाङ, १४ मंसीर । सल्यानमा सल्यान कुमाख गाउँपालिका वडा नम्वर ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )अत्यधिक मतले विजयी भएको छ । शनिवार भएको वडा अध्यक्ष पदका लागी भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बनेका धर्मे बुढाथोकीले ७ सय ९२ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ । उनका प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार खड्ग बहादुर बोहराले २ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले २१ मत प्राप्त गरेको निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार ६० म तबदर भएका छन् । वडामा एक हजार आठ सय उन्चालिस मतदाता रहेकोमा एक हजार १ सय २४ मत खसेको थियो । वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया