रोल्पाको थवाङ १ मा नेकपाका उम्मेदवार विजयी

तुलसीपुर,१४ मंसीर ।

रोल्पाको थवाङ १ मा नेकपाका उम्मेदवार विजयी भएका छन । आज भएको उपनिर्वाचनको मत गणना भर्खरै सकिएको हो । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनकबहादुर बुढाले १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित भएको पत्रकार विमल डाँगीले जानकारी दिएका छन ।
कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गरेका छन भने ९ मत बदर भएको छ । त्यहा १ हजार २ सय ८४ मतदातामध्ये २ सय ९ मत खसेको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया