दाङमा ६६.८९ प्रतिशत मत खस्यो

तुलसीपुर, १४ मंसीर ।
दाङमा ६६ प्रतिशत मत खसेको छ । जिल्लामा प्रदेश सभा सदस्य र वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ६६.८९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले जनाएको छ । निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्यका लागि ४५ हजार ७ सय १८ मत खसेको छ । कुल ६८ हजार ७ सय १९ मतदाता मध्ये ६६.५२ प्रतिशत मत खसेको हो । यस्तै घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी ३ हजार २ सय २६ मत खसेको छ ।

चार हजार चार सय ५३ मतदाता मध्ये ७२.४४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । वडाध्यक्ष पदका लागि आज नै मतगणना हुने छ भने प्रदेश सभा सदस्यको भने भोली विहान देखि मात्रै हुने छ । प्रदेश सभा सदस्यका लागि केहि विकट क्षेत्रमा पनि मतदान स्थल भर्एको हुदा मतपेटिका अवेर मात्रै कार्यालयमा पुग्ने जानकारी दिईएको छ । जिल्लामा शान्तीपुर्ण रुपमा विहान ७ बजे देखि साँझ ५ बजे मतदान सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया