तुलसीपुर,१४ मंसीर ।
दाङ निर्वाचन क्षेत्र ३ ख मा चार जना किरीया पुत्रीले पनि मतदान गरेका छन । शान्तीनगर गाँउपालीका वडा नम्बर २ जनकल्याण मावि सिमसुन्दरपुरबाट उनिहरुले मतदान गरेको सहायक मतदान अधिकृत मदन बस्नेतले जानकारी दिएका छन ।
उनका अनुसार किरियापुत्री दुई दाजुभाई अमर विष्ट र खिम बहादुर विष्ट,श्रीमान श्रीमति दुर्गा बहादुर खड्का र केशरी खड्काले मतदान गरेका हुन । उक्त मतदान स्थलमा ३ हजार १ सय १३ मतदाता रहेकोमा २ हजार ६२ मत खसेको सहायक मतदान अधिकृत बस्नेतले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार