रोल्पाको थवाङ १ मा दुई सय पाँच मत खस्यो

तुलसीपुर,१४ मंसीर ।

दाङ सहित ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधि सभा,प्रदेश सभा स्थानिय र वडाध्यक्ष पद पुर्तिका लागी आज विहानै देखी मतदान भईरहेको छ । उता रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नम्वर १ मा पनि मतदान भईरहेको छ । वडा अध्यक्ष पद रिक्त भएपछि त्यहा पनि मतदान हुन लागेको हो । उक्त वडामा १ हजार २ सय ७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार दिउँसो चार बजेसम्म २ सय ५ मत मात्रै खसेको छ । वडा अध्यक्ष फर्क बहादुर बुढाको निधन भएपछि रिक्त रहेको पदका लागी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काग्रेस विच प्रतिस्प्रर्धा हुदैछ । यो क्षेत्र चुनाव बहिस्कार गरेको विप्लव समुहको पकट बलियो भएको क्षेत्र हो । यस अघि विप्लव समुहका फर्क बहादुर बुढा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया