उपनिर्वाचन अपडेट : दाङमा ५९ प्रतिशत मत खस्यो

दाङ, १४ मंसीर । दाङ सहित ३७ जिल्लाका रिक्त रहेका पद पुर्तिका लागी शनिवार विहानै देखी मतदान भईरहेको छ । यता दाङको दुई स्थानमा पनि शान्तीपुर्ण रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी मतदान जारी छ ।
निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार पछिल्नो विवरण अनुसार दाङमा ५९ प्रतिशत मत खसी सकेको छ ।

कुल ७३ हजार १ सय ७२ मतदाता मध्ये अहिले सम्म ४२ हजार ८ सय ९४ मत खसी सकेको छ ।दुई स्थानका ३४ मतदानस्थलमा मतदान भईरहेको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र तोकिएको छ भने घोराही उपमहानगरपालिका–१६ मा दुई ओटा मतदानस्थल र पाँच ओटा मतदान केन्द्र तोकिएको छ ।यस्तै घोराही १६ मा चार हजार चार सय ५३ मतदाता मध्ये साढे तिन बजे सम्मको विवरण अनुसार तिन हजार पाँच सय ९४ मत खसेको छ ।

सल्यानमा एक हजार बढि मत खस्यो

सल्यानमा सल्यान कुमाख गाउँपालिका वडा नम्वर ५ मा मतदान भईरहेको छ । वडा अध्यक्ष पदका लागी भएको मतदानमा पछिल्नोे विवरण अनुसार एक हजार असी मत खसेको छ ।वडामा एक हजार आठ सय उन्चालिस मतदाता रहेका छन् ।एक मतदान स्थल र दुई वटा मतदान केन्द्रबाट मतदान भईरहेको जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार अहिले मतदाताको भिड धेरै न्युन भईसकेको छ । अब झन्डै एक सय मत खस्ने अनुमान गरिएको छ ।धेरैजसो मत खसेकाले अब थोरै मत खस्न सक्ने आँकलन गरिएको उनले बताएका छन् ।वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त रहेको छ । उक्त पदका लागी तिन राजनितिक दल चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दिएका थिए ।रोल्पा थवाङ १
यस्तै उता रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नम्वर १ मा पनि मतदान भईरहेको छ ।वडा अध्यक्ष पद रिक्त भएपछि त्यहा पनि मतदान भएको हो ।उक्त वडामा १ हजार २ सय ७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।कार्यालयले दिएको जानकारी अनुसार दिउँसो साढे दुई बजेसम्म दुई सय मत खसेको छ । वडा अध्यक्ष फर्क बहादुर बुढाको निधन भएपछि रिक्त रहेको पदका लागी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काग्रेस विच प्रतिस्प्रर्धा हुदैछ ।
प्युठानमा दुई पालिकामा मतदान
यस्तै उता प्युठानमा जिल्लामा दुई पालिकाको तिन वडा अध्यक्ष पदका लागी मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिका वडा नम्वर २ र ऐरावती गाउँपालिका वडा नम्वर १ र २ मा वडा अध्यक्ष चुन्नका लागी मतदान भईरहेको छ । तिन वटा वडामा ८ हजार ३ सय ८६ मतदाता रहेकोमा दिउँसो तिन बजे सम्म ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी कृष्ण कुंवरले जानकारी दिएका छन् ।
प्युठान नगरपालिका वडा नम्वर २ का खिम बहादुर विष्टको निधन भएपछि रिक्त रहेको पदमा दुई जना उम्मेदवार रहेका छन् ।उनले तत्कालिन नेकपा एमालेबाट चुनाव जितेका थिए ।अहिले नेकपा र नेपाली कांग्रेस विच प्रतिस्प्रर्धा हुन लागेको छ । सोहि जिल्लाको ऐरावती गाउँपालिका वडा नम्वर १ र २ का वडा अध्यक्षहरु जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख भएपछि दुवै वडा अध्यक्ष पद रिक्त रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको छ ।वडा नम्वर एक वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख बनेका छन् भने वडा नम्वर दुईका वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समिति प्युठानको प्रमुख बनेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया