प्युठानमा ६१ प्रतिशत मत खस्यो

दाङ, १४ मंसीर । प्युठानमा जिल्लामा दुई पालिकाको तिन वडा अध्यक्ष पदका लागी मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिका वडा नम्वर २ र ऐरावती गाउँपालिका वडा नम्वर १ र २ मा वडा अध्यक्ष चुन्नका लागी मतदान भईरहेको छ । तिन वटा वडामा ८ हजार ३ सय ८६ मतदाता रहेकोमा दिउँसो तिन बजे सम्म ६१ प्रतिशत अर्थात मत खसेको जिल्ला निर्वाचन अधिकारी कृष्ण कुंवरले जानकारी दिएका छन् ।
प्युठान नगरपालिका वडा नम्वर २ का खिम बहादुर विष्टको निधन भएपछि रिक्त रहेको पदमा दुई जना उम्मेदवार रहेका छन् । उनले तत्कालिन नेकपा एमालेबाट चुनाव जितेका थिए ।अहिले नेकपा र नेपाली कांग्रेस विच प्रतिस्प्रर्धा हुन लागेको छ । सोहि जिल्लाको ऐरावती गाउँपालिका वडा नम्वर १ र २ का वडा अध्यक्षहरु जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख भएपछि दुवै वडा अध्यक्ष पद रिक्त रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको छ । वडा नम्वर एक वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख बनेका छन् भने वडा नम्वर दुईका वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समिति प्युठानको प्रमुख बनेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया