कास्कीमा फेरी बम विस्फोट,लमजुङमा टाइम बम

पोखरा , १४ मंसीर । कास्की क्षेत्र नं. २ को अर्को मदतान स्थलमा पनि बम विस्फोट भएको छ । पोखरा महानगरपालिका १६ को दीप चण्डिका मतदानस्थल नजिकै दिउँसो बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।प्रहरीले बताएको छ । बम विस्फोट भएपनि कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।पोखरा ३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा १६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।

उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको प्रहरीको भनाई छ । तर कसले बम विस्फोट गराएको हो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । यस्तै उता लमजुङ सुन्दरबजार नगरपालिका २ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ ।मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो ।बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया