अपडेट :दाङमा ४७.१२ प्रतिशत अर्थात ३४ हजार मत खस्यो

लक्ष्मण विश्वकर्मा , तुलसीपुर, १४ मंसीर ।
दाङ सहित ३७ जिल्लाका रिक्त रहेका पद पुर्तिका लागी आज विहानै देखी मतदान भईरहेको छ । यता दाङको दुई स्थानमा पनि शान्तीपुर्ण रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी मतदान जारी छ । निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार दिउँसो दुई बजे सम्मको प्राप्त पछिल्नो विवरण अनुसार दाङमा ४७.१२ प्रतिशत  मत खसी सकेको छ । कुल ७३ हजार १ सय ७२ मतदाता मध्ये अहिले सम्म ३४ हजार ४ सय ८४ मत खसी सकेको छ । दुई स्थानका ३४ मतदानस्थलमा मतदान भईरहेको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र तोकिएको छ भने घोराही उपमहानगरपालिका–१६ मा दुई ओटा मतदानस्थल र पाँच ओटा मतदान केन्द्र तोकिएको छ । यस्तै घोराही १६ मा चार हजार चार सय ५३ मतदाता मध्ये दिउँसो १ बजे सम्मको विवरणमा एउटा मतदान स्थलमा १ हजार १ सय र अर्को मतदान स्थलमा आठ सय मत खसीसकेको खवर प्राप्त भएको छ । प्रदेश सभा सदस्य पदका लागी पनि मतदान भईरहेको छ । तुलसीपुर उपमहानगरपालिका १, २, १० ,११ र पश्चिम दाङका बबई गाउँपालिका, शान्तीनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा पनि मतदान भईरहेको छ । यता तुलसीपुर ११ आधारभुत विद्यालय कटाहा मतदात स्थलमा अहिले सम्म दुई हजार चार मत खसीसकेको बताईएको छ । त्यहा पाँच हजार सात सय १७ मतदाता रहेका छन् । यस्तै बबई ७ सरस्वति माध्यामिक विद्यालय चरकमटिया मतदात स्थलमा पनि दुई हजार दुई सय मत खसेको छ । उता सल्यान कुमाख गाउँपालिका वपडा नम्वर ५ मा पनि मतदान जारी छ । त्यहा अहिले सम्म ६ सय ५० मत खसेको जिल्ला निर्वाचन कार्यालय सल्यानका अधिकारी हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । त्यहा एक हजार आठ सय उन्चालिस मतदाता रहेका छन् । झन्डै ७० प्रतिशत मत खस्ने अनुमान गरिएको निर्वाचन अधिकारी बुढाथोकीले जानकारी दिएका छन् । यस्तै पश्चिम शान्तिनगर गाउँपालिका वडा नम्बर ४ चिराघाट मतदानस्थलमा अहिलेसम्म १ हजार ३ सय २५ मत खसेको छ।उक्त मतदान स्थलमा २ हजार ८ सय ८८ मतदाता संख्या रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया