तुलसीपुर, १४ मंसीर । तुलसीपुर ३ रानागाउँमा खानेपानीको मुख्य पाईपमा क्षति पुगे पछि तुलसीपुर क्षेत्रको केही ठाउँमा खानेपानी अवरुद्ध भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दिएको जानकारी अनुसार रानागाउँमा खानेपानीको मुख्य पाईप फुटेको छ । शुक्रवार बाटो खन्ने क्रममा पानीको पाईप फुटेपछि सिस्टम नम्वर १ देखी ७ सम्म खानेपानी आपुर्ति बन्द भएको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिएका छन् । उक्त ठाउँमा मर्मत कार्य भईरहेकाले छिटै नै खानेपानीको सहज हुने उनले बताएका छन् । शुक्रवार देखी केहि उपभोक्तालाई खानेपानीको समस्या भएको भन्दै संस्थाले मर्मत कार्य सम्पन्न हुनै वित्तिकै खानेपानी सहज आपुर्ति हुने बताएको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार