उपनिर्वाचन :मतदान प्रक्रिया सुरु

तुलसीपुर, १४ मंसीर । आज दाङ सहित ३७ जिल्लामा हुन लागेको उपनिर्वाचनको मतदान सुरु भएको छ । यता दाङमा हुन लागेको प्रदेश सभा सदस्य र वडा अध्यक्ष पदका लागी आज विहानै देखी मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । जिल्लाको दुई स्थानमा उपनिर्वाचन हुन लागेको हो । मतदान स्थलमा मतदाताहरु विहानै पुगेका छन् । विहान सात बजेदेखी मतदान सुरु भएको छ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुन लागेको हो ।
दुई स्थानमा हुने निर्वाचन क्षेत्रमा ३४ मतदानस्थल कायम गरिएको छ ।प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र तोकिएको छ भने घोराही उपमहानगरपालिका–१६ मा दुई ओटा मतदानस्थल र पाँच ओटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय घोराही दाङले जनाएको छ । मतदान हुने दुई स्थानमा ८२ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । दुई स्थानमा हुने निर्वाचन क्षेत्रमा कुल ७३ हजार १ सय ७२ मतदाता मध्ये ३५ हजार आठ सय अरसठ्ठी पुरुष रहेका छन भने ३७ हजार ३ सय ५ जना महिला रहेका छन् । यस्तै एक जना तेस्री लिङगी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा प्रदेस सभा सदस्य निर्वाचनमा ६८ हजार सात सय १९ र घोराही १६ मा चार हजार चार सय ५३ मतदाता रहेका छन् । दाङ सहित, सल्यान,रोल्पा, प्युठान, बाँके, गुल्मी लगाएत ३७ जिल्लामा मतदान हुदैछ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया