१० मिनेटमा प्रहरी पुग्छ : सिडीयो

तुलसीपुर, १३ मंसिर

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मतदान स्थलमा कुनै विवाद भए १० मिनेट भित्र सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था मिलाएको बताका छन ।  रिपोर्टर्स क्लव दाङले श्रीगाउँमा आयोजना गरेको कार्यक्रममा बोल्दै रिजालले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न मतदान स्थल भन्दा बाहिर पनि सुरक्षाकर्मी परिचालन गरेको बताए ।
‘कुनै मतदान स्थलमा विवाद भयो, झडप भयो अथवा अप्रिय घटना भयो भने १० मिनेटभित्रै मोबाइल टोली पुग्ने गरी जिम्मेवारी दिएको छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘त्यसका लागि स्ट्राईकीङ टोली र मोबाईल टोली बनाएर परिचालन गरेका छौ ।’

मोबाइल टोलीमा जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको अलग अलग टोली रहने छ । एउटा मोवाईल टोलीलाई ३ देखि ४ वटा सम्म मतदान केन्द्रको सुरक्षा गर्ने गरी जिम्मेवारी दिएको रिजालले बताए ।  सडक र संचारको सजिलै पहुँच नभएको ठाउँमा ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।  सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल मानिएका मतदानकेन्द्रलाई निगरानीमा राखिएको छ भने संभावित हुनसक्ने चुनाव विरोधी गतिविधिका लागि पनि उच्च सर्तकता अपनाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

सो कार्यक्रममा निर्वाचन कार्यालय दाङका प्रमुख वुद्धिबहादुर खत्रीले सुरक्षा निकायको समन्वयमा दाङका ८२ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी प्रयाप्त मात्रा पठाएको भन्दै मतदान केन्द्रसम्म पुगेर निर्धक्कका साथ आपुले रुचाएको उमेदवारलाई भोट हाल्न आग्रह गरे ।  क्लवका अधयक्ष शरद रेग्मीको अध्यक्षताम भएको कार्यक्रमको संचालन महासचिव बिमल गौतमले गरेका थिए  प्रदेश सभा र वडाका लागि शनिबार विहान ७ बजेबाट सुरु हुने निर्वाचनमा ७३ हजार एक सय ७२ मतदातले मतदान गर्ने छन् । दाङ निर्वाचन क्षेत्र नं ३(ख) र घोराही उपमहानगरपालिकाको १६ मा उप निर्वाचन हुदै छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया