ओभरटेक गरेको निहुँमा हत्या गर्ने पक्राउ

सुरेश पन्त

महेन्द्रनगर,१३ मंसिर /मोटरसाईकलले उछिनेको (ओभरटेक गरेको) भन्दै युवकको हत्या गर्ने ४ जनालाइ जिल्ला प्रहरी कार्यालय कंचनपुरले सार्वजनिक गरेको छ ।  हत्या आरोपमा प्रहरीले भीमदत्त नगरपालिका वडा नम्वर ४ का २० बर्षीय मनिष नाथ, वडा नम्वर १५ का २२ बर्षीय गणेश लुहार, सोही ठाउँका २० बर्षीय नविन सिंह र २२ बर्षीय विनोद बोहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । मोटरसाइकलले ओभरटेक गरेको निहुँमा महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षिय दिपक पन्तलाई चारजनाको समूहले चक्कु र हेलमेटले हानेर उनको हत्या गरेको कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दले जानारी दिए ।

गोबरैया क्षेत्रमा स्कुटी र मोटरसाइकलमा सवार चारजनाको समूहले दीपकलाई किन ओभरटेक गरेको भन्दै सांघातिक आक्रमण गरेका थिए  । मोटरसाइकल रोकेर युवा समूहले एकाएक आक्रमण गरेका थिए । मरनासन्न अवस्थामा पुगेपछि उनीहरू मोटरसाइकल र स्कुटीमा चढेर फरार भएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया