प्रधानमन्त्री ओली खतरामुक्त : चिकित्सक

काठमाडौं । उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइरहेका चिकित्सकहरुले आज भने पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली खतरामुक्त भएको बताएका हुन् । चार दिनअघि मंगलबार ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया