आलोक यादव
सिरहा,१३ मंसिर । सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयको ढोका अगाडी आज बिहान शंकास्पद झोला फेला परेको छ। नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्ष रहेको भवनको मुल ढोका अगाडी उक्त झोला फेला परेको हो। झोला फेला परेको स्थानमा अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र नेपाली सेनाले घेरा हालेका छन्। झोलामा बम हुन सक्ने आशंका गरिएको छ। सेनाको टोलीले झोलालाई केरकार गरिरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेषराज रिजालले घटनास्थलबाट जानकारी दिनु भयो ।
प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार