काठमाडौ, १३ मंसीर । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित चेकजाँचका क्रममा उनीहरु पक्राउ परेको भन्सार कार्यालयले बताएको छ । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार