माटोको ढिस्काले पुरिएर दाङका दुई जनाको कामठाडौमा मुत्यु

तुलसीपुर, १३ मंसीर । माटोको ढिस्काले पुरिएर दाङका दुई जनाको काठमाडौमा मुत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ खुशी होटल नजिकै बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर दाङको बबई गाउँपालिका–१ का प्रेम पुन र प्रकाश घर्तीको मुत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार बाटो बनाउने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर दुई जनाको मुत्यु भएको हो । मृतकहरुको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया