यौन तथा प्रजनन सम्वन्धी अभिमुखिकरण

मिना खड्का ,तुलसीपुर, १२ मंसीर । यौन तथा प्रजनन स्वास्थ र यौनिकता विषयक अभिमुखिकरण विहिवार तुलसीपुरमा सम्पन्न भएकोे छ । लैङ्िगक हिसाँ बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित यौन तथा प्रजनन स्वास्थ्य अधिकार, वालविवाहको समसामयिक अवस्था, किशोरावस्थाको परिचय, देखापर्ने लक्षण, यस अवस्थामा आउने परिवर्तन, विवाहको परिचय, पुर्व यौन सम्बन्धबाट उत्पन्न हुने समस्याहरु लगाएतका विषयमा छलफल भएको हो ।
महिला पुनस्र्थापना केन्द्र ओरेक दाङको आयोजनामा भएको कार्यक्रमको समिक्षा गर्दै बिद्यार्थीहरु प्रबिन के सि, दिया शर्मा र गोपाल जिसिले समिक्षात्मक कार्यक्रमले धेरै प्रभावकारी भएको बताएका थिए । उनीहरुले सम्वन्धित स्थानिय तहले सञ्चालन गर्नेे कुनै पनि योजना निर्माण लगाएतका कार्यक्रममा बालसहभागिता नगराएको गुणासो गरेका छन । कार्यक्रमकोे सहजिकरण ओरेक नेपाल दाङकी कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिईन । तुलसीपुर क्षेत्रका ७ वटा बिद्यालयका ४८ जना बिद्यार्थीहरुको सहभागितामा रहेको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया