उपनिर्वाचन हुने क्षेत्रमा भोली संस्थागत विद्यालय बन्द हुने

तुलसीपुर, १२ मंसीर । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख)मा भोली शुक्रवार संस्थागत विद्यालय एक दिनका लागी बन्द हुने भएका छन् । यहि मंसीर १४ गते शनिवार हुन लागेको उपनिर्वाचनलाई सभ्य र शान्तीपुर्ण रुपमा सफल पार्नका लागी निर्वाचन क्षेत्र भित्र पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १,२,१० र ११ मा पर्ने सम्पुर्ण संस्थागत विद्यालयहरुमा एक दिन पठनपाठन स्थगित गर्ने विज्ञप्ती मार्फत जनाईएको छ ।
नेशनल प्याप्सन तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष भोजराज न्यौपानेले र सचिव मेघराज पोख्रेलद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा यस्तो जानकारी दिईएको हो । संस्थामा आबद्ध सम्पुर्ण विद्यालयहरुमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको शिक्षक,विद्यार्थी र अभिभावकहरुमा जानकारी गराउँदछौ विज्ञप्तीमा उल्लेख छ । यस्तै तुलसीपुर उपमहानगरपालिका पर्ने सामुदायिक विद्यालय मध्ये मतदान स्थल तोकिएका विद्यालयमा मात्रै विदा दिइर्एको छ

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया