अर्घाखाँचीमा बस दुर्घटना :मृतक १९ जनाकै सनाखत

दाङ, १२ मंसीर । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परि मुत्यु हुने १९ जनाकै सनाखत भएको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र बस चालक गुल्मी मदाने गाउँपालिा २ घर भई हाल जिल्ला रुपन्देही भैरहवा गैडहा ७ बस्ने ३२ को बसन्त भन्ने ओम बहादुर थापा सहित १९ जनाको मुत्यु भएको थियो ।दुर्घटनामा परि मुत्यु भएका १९ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ । मुत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ डिहिडाडा बस्ने ५६ बर्षिय शिवलाल भट्टराई, सोहि ठाउँ बस्ने १८ बर्ष कि माया पुरी, ५४ बर्षको बलराम भट्टराई,सोहि वडा बस्ने ९ बर्षकी मोनिका खड्का,कपिलवस्तु वाणगंगा नगरपालिका ७ बनगाई बस्ने ३ महिनाको बालक सोभाखर पोख्रेल, सोहि नगरपालिका ८ चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत, सोहि नगरपालिका २ बस्ने वर्ष ५९ कि सिता कुमारी सार्की नेपाली, अर्घाखाँची भुमिका स्थान नगरपालिका १० बस्ने वर्ष ५४ को छवीलाल गैरे, वडा नम्वर ९ बस्ने वर्ष ५० कि सिता घिमिरे, सोहि वडा बस्ने वर्ष ५० कि विष्णु माया गैरे, ठुलोडेवा बस्ने वर्ष २२ को शैलेस थापा, वडा नम्वर ७ बस्ने वर्ष ५१ को मैघनाथ जैसी भण्डारी, गुल्मी धुर्कोट गाउँपालिका २ बस्ने वर्ष २७ को सशस्त्र प्रहरी जवान राज कुमार महत, अर्घाखाँची सितगंगा नगरपालिका १ बस्ने वर्ष १५ कि मञ्जु बि.क, वडा नम्वर ७ कल्लेरी बस्ने वर्ष ४८ को लोक बहादुर दर्जी, छत्रदेव गाउँपालिका ८ बस्ने वर्ष ४२ को कृष्ण बहादुर सुनार, र सोहि ठाउँ बस्ने वर्ष ५५ को हरी बहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवल तर्फ जादै गरेको लु २ ख २१४८ नंम्वरको बस बुधवार अपरान्ह पौने चार बजे सन्धिखर्क नरगपालिका वडा नंम्वर ६ सल्लेरी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया