विप्लब समुहका विद्यार्थी नेता पक्राउ

तुलसीपुर, १२ मंसीर । दाङमा विप्लव समुहका विद्यार्थी संगठनका नेता पक्राउ परेका छन् । घोराही १३ सेवार बस्ने २५ वर्षिय अनिल केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनी विप्लव समुह निकट अखिल क्रान्तीकारी विद्यार्थी संगठनका जिल्ला कमिटि अध्यक्ष भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही १५ तुलसीपुरचोक नजिकै हिडिरहेको अवस्थामा विहिवार दिउँसो उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । उनी माथी थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया