दाङ, १२ मंसीर । कर्णाली नदीमा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ । छायाँनाथ रारा नगरपालिका वडा नंम्वर १२ लुम्सका अम्मर सिंह रोकाया मृत अवस्थामा भेटिनुभएको हो । मुगुम कार्मारोङ्ग गाउँपालिकाबाट घर फर्कदै गरेको अवस्थामा उनको शव कर्णाली नदिमा भेटिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कर्णाली नदिमा बग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब निरिक्षक बलबहादुर थापाले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार