अर्घाखाँचीमा बस दुर्घटना :मुत्यु हुनेको संख्या १९ पुग्यो

दाङ,१२ मंसीर ।अर्घाखाँचीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी भएको बस दुर्घटनामा परि बसधनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तु बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा सहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १० जनाको घटनास्थलमै, सात जनाको उपचारका लागी लैजादै गर्दा बाटोमा र दुई जनाको उपचारक्रमा निधन भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा सात महिला र १२ पुरुष रहेका छन् । बस सडकबाट करिब अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेमध्ये भूमिस्थान नगरपालिका–९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा नगरपालिका–२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पु¥याएपछि निधन भएको हो ।
मृत्यु हुनेमा सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत र बसधनी बस्नेतकी भाइबुहारी शीतगंगा–२ की ३० वर्षीया सीता बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले दिएको जानकारी अनुसार जङ्गल र खोल्सामा छरिएका शवमध्ये केही रूखमा अड्किएको अवस्थामा भेटिएका हुन् । अन्य ९ जनाको सनाखत हुन बाँकी रहेको छ । मतृकका आफन्तीहरु आउने क्रम जारी रहेको हुदा सनाखत हुने समय लाग्ने प्रहरीले बताएको छ ।
दुर्घटनामा परि १८ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको उपचार पछि डिस्चार्ज भईसकेको छ । अन्य ६ जनाको चौराहा बुटवल अस्पताल, ९ जनाको भैरहवा मेडिकल कलेज, एक जनाको काठमाडौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । साघुरो सडक भएकाले घुम्तिमा बस मोड्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको बताईएको छ । यस्तै उता हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७ को लाग्नामा टिपर पल्टिदा तिन जनाको मृत्यु भएको छ । लु ४ ख ३२६९ नम्बर टिपर पल्टिदा तीन जनाको मृत्यु हुनुको साथै सात जना घाईते भएका छन्

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया