उपनिर्वाचन :प्रदेश ५ का ६ जिल्लामा ९ पदका लागी ४१ उम्मेदवार, सवैभन्दा धेरै दाङमा उम्मेदवार

 लक्ष्मण विश्वकर्मा, तुलसीपुर, १२ मंसीर ।प्रदेश ५ मा रिक्त रहेको एक प्रदेश सभा सदस्य सहित ९ वटा पदका लागी ४१ जनाले उपनिर्वाचनमा भाग लिदैछन् । यहि मंसीर १४ गते हुने उपनिर्वाचनका लागी प्रदेश सभा सदस्य र स्थानिय तह अन्र्तगत विभिन्न पालिकाको ८ वटा वडा अध्यक्ष पदको लागी ४१ जना उम्मेदवार रहेका छन् । दाङ,रोल्पा, बाँके, प्युठान, गुल्मी र अर्घाखाँची गरी प्रदेशका छ जिल्लामा रिक्त रहेका पदमा उपनिर्वाचन हुदैछ ।
सम्वन्धित जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्याङक अनुसार राजनितिक दल र स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेका छन् ।जस अन्र्तगत दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख)मा प्रदेश सभा सदस्य पदका लागी १२ राजनितिक दल र दुई जना स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् ।स्वर्गिय सांसद उत्तर कुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपनि उक्त पदका लागी उपनिर्वाचन हुन लागेको हो । उनी तत्कालिन नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै जिल्ला निर्वाचन कार्यालय घोराहीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष लक्षिन प्रसाद बुढाको निधन भएपनि रिक्त रहेको पदमा पाँच राजनितिक दल र दुई जना स्वतन्त्र गरी सात जना उम्मेदवार रहेका छन् ।


उनी २०७४ सालको स्थानिय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । दुई स्थानमा हुने उपनिर्वाचनमा ७३ हजार एक सय ७२ मतदाता रहेका छन् । जसमा दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख)मा ६८ हजार सात सय १९ र घोराही १६ मा चार हजार ४ सय ५४ जना मतदाता रहेका छन् । यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष फर्क बहादुर बुढाको निधन भएको छ । उनको निधन पछि रिक्त रहेको पदका लागी दुई जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काग्रेस विच प्रतिस्प्रर्धा हुदैछ । स्वतन्त्रको तर्फबाट एक जनाले मनोनयन दर्ता गराए पनि उनले उम्मेदवारी फिर्ता लिईसकेको कार्याले बताएको छ । उक्त वडामा एक हजार तिन सय मतदाता रहेको जनाईएको छ ।
यस्तैगरी प्युठान जिल्लाको दुई पालिकामा उपनिर्वाचन हुन लागेको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानले दिएको जानकारी अनुसार प्युठान नगरपालिका वडा नम्वर २ का खिम बहादुर विष्टको निधन भएपछि रिक्त रहेको पदमा दुई जना उम्मेदवार रहेका छन् । उनले तत्कालिन नेकपा एमालेबाट चुनाव जितेका थिए ।अहिले नेकपा र नेपाली कांग्रेस विच प्रतिस्प्रर्धा हुन लागेको छ ।
सोहि जिल्लाको ऐरावती गाउँपालिका वडा नम्वर १ र २ का वडा अध्यक्षहरु जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख भएपछि दुवै वडा अध्यक्ष पद रिक्त रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको छ । वडा नम्वर एक वडा अध्यक्ष पदम थापा २०७४ सलाको स्थानिय निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी अहिले जिल्ला समन्वय समिति प्युठानको उपप्रमुख बनेको कार्यालयले बताएको छ ।कार्यालयका अनुसार वडा नम्वर दुईका वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समिति प्युठानको प्रमुख बनेका छन् । वडा नम्वर १ मा नेकपा र कांग्रेस गरी दुई जना उम्मेदवार छन् भने वडा नम्वर २ मा कांग्रेस , जनमोर्चा र राप्रपा गरी तिन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
उता बाँकेमा पनि उपनिर्वाचन हुन लागेको छ ।जिल्लाको कोहलपुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम सोहन थारुको निधन पछि रिक्त रहेको पदका लागी पाँच जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय बाँके जानकारी दिएको छ । उनी कांग्रेसबाट निर्वाचित भएका थिए । सो वडामा दुई हजार छब्बिस जना मतदाता रहेका छन् ।
गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ६ मा अध्यक्ष पुर्ण रिगामीको निधन पछि उक्त पदका तिन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।उनी तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार नेकपा, कांग्रेस र स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेका छन् । उक्त वडामा दुई हजार ४८ मतदाता रहेका छन् । यस्तेगरी अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ३ को वडा अध्यक्ष जिवन चौहानको सवारी दुर्घटनाका कारण निधन भएपछि अहिले त्यहा पनि उपनिर्वाचन हुन लागेको छ ।जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार रिक्त रहेको पदमा तिन जना उम्मेदवार रहेका छन् । नेकपा, कांग्रेस र राप्रपाले उम्मेदवारी दिएका छन् । वडामा तिन हजार ११ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया