अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : भट्टराई

तुलसीपुर, १२ मंसिर

समाजवादी पार्टीका संघिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ । रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको भन्दै यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गर्नुभयो । ‘जनता प्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्थ गर्नुपछ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो –‘त्यसले प्रधामन्त्री लगायत सबैले गर्ने भ्रष्ट्राचारको छानबिन गरेर भ्रष्ट्रचार रोक्न सकोस ।’

देश गरिबी र बेरोजगारको दुषचक्रमा रहेको बताउदै भट्टराईले दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको बताउनुभयो । देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहयक देखिनेगरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको सरकारले ठोस योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।

‘ दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिे गरी नत रोजगार सीर्जना गर्न सक्यो , नत लगाीन पर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो,’ अध्यक्ष भट्राईले भन्नुभयो –‘ निर्माण र व्यापारका केहि क्षेत्रमा ६/७ प्रतिशत आर्थिक वृद्धिदरका आधारमा त्यो दिगो विकास हुदैन । ’ आफनो पार्टी नयाँ बैलक्पीक शक्तिका रुपमा उदयमान हुदै गरेको बताउ समुनत संघिय समाजवादसंग बिचार मिल्ने पार्टी र समूहसंग एकता गरेर वृहत ध्रुवीकरण गर्ने गर्ने बताउनुभयो । रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षताम भएको कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया