अपडेट : अर्घाखाँची र हुम्ला भएको सवारी दुर्घटनामा परि २० जनाको मुत्यु

दाङ, ११ मंसीर । अर्घाखाँची र हुम्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि २० जनाको मुत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि मुत्यु हुनेको संख्या १७ पुगेको छ भने हुम्लामा टिप्पर दुर्घटना हुदा तिन जनाको मुत्यु भएको छ ।सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएका छन् । मुत्यु हुनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् ।
बस दुर्घटनामा परि घाइते भएकालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिएका छन् । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।
यस्तै उता हुम्लामा भएको टिप्पर दुर्घटनामा परि तिन जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकामा सिमकोट जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर हुम्लाको सिमकोट गाउँपालिका ७ नाग्मामा दुर्घटना हुँदा नाम्खा गाउँपालिका–१ हेक्पाका नरी लामा, छिरिङ तार्मा लामा र अर्का एक जनाको मुत्यु भएको प्रहरीले बताएको छ ।दुर्घटनामा परि १२ जना घाईते भएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया