माफी मागेको होईन ,छलफल भएको हो : अध्यक्ष डाँगी

तुलसीपुर, ११ मंसीर । पश्चिम दाङको बबई गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम बहादुर डाँगीले आफुले कसै माथी हातपात नगरेको बताएका छन् । अध्यक्ष डाँगीले बुधवार एक प्रेस विज्ञप्ती जारी गदै पन्चकुले हापुरे चोकमा हिजो(मंगलवार) राती १० बजेको समयमा सोहि वडा बस्ने गणेस देवकोटा माथी आफुले कुटपिट नगरेको उल्लेख गरेका छन् । मादक पर्दाथ सेवन गरी काग्रेस कार्यकर्ता माथी वडा अध्यक्षले कुटपिट गरेको भन्ने खबर विभिन्न अनलाईन मिडिया र सामाजिक सन्जालमा प्रकाशित भएको प्रति उनले गम्भिर आपत्ति जनाउदै समाचार र सामाजिक सन्जालमा आएको कुरा सत्य र वास्तविक नभएको जानकारी दिएका छन् ।
उपनिर्वाचनलाई लक्षित गरी म प्रति असम्वन्धित घटनाको आरोप लगाउदै मेरो व्यक्तिगत चरित्र हत्या र बदनाम गर्न खोजिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । हापुरे बजारमा एक जना बयबृद्ध वेवारिसे अवस्थामा फेला परेको र उनलाई उपचारका लागी ईलाका प्रहरी कार्यालय खिलतपुरले आफुलाई बोलाएको हुदा त्यहा जाने क्रममा गणेश देवकोटा मादक पर्दाथ सेवन गरी अटो चलाउन नसक्ने अवस्थामा भेटेपछि सम्झाई बुझाई गरेको बताएका छन् । राजनितिकरण गर्न खोजेर मेरो पदीय मर्यादामा अनाआश्यक प्रचार गरी बदनाम गर्न खोजेको उनले बताएका छन् । उक्त विषयमा ईलाका प्रहरी कार्यालयमा बुधवार नेपाली काग्रेस, नेकपा लगाएतको सहभागितामा छलफल भएको र यस्ता घटनामा आगामी दिन हुन नदिने सहमति गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया