दाङ, ११ मंसीर । मंसिर १४ गते हुने उपनिर्वाचनमा मत आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् । आज दलहरुले अन्तिम कार्यक्रम गर्दैछन् । उप निर्वाचनका लागि आज रातिदेखि मौन अवधी सुरु हुँदैछ । उपनिर्वाचनमा १ सय १ दलले भाग लिंदैछन् । प्रतिनिधी सभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका गरी ३७ जिल्लाको ५२ स्थानमा १४ मंसिरमा उप निर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य ९५ र स्थानीय तहमा ७८ उम्मेद्वारले चुनावमा भाग लिएका छन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या चार लाख ५४ हजार १ सय १४ छ । मतदानका लागि दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएको छ । यसपटक आचारसंहिता उल्लघंनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
दाङमा दुई स्थानमा उपनिर्वाचन हुदै
दाङमा दुई स्थानमा उपनिर्वाचन हुदैछ । प्रदेश सभा सदस्य पद र स्थानिय तहमा वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुदैछ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख)मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुन लागेको हो । प्रदेश सभा सदस्य पदमा १२ राजनितिक दल र दुई जना स्वतन्त्र गरी १४ जना र घोराही १६ मा पाँच राजनितिक दल र दुई स्वतन्त्र गरी सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले आफनो पक्षमा भोट माग्दै चुनावी प्रचारप्रसार कार्यक्रमलाई अन्तिम चरणमा गदैछन् ।