दाङ यतिवेला चुनावमय बनेको छ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी यहि मंसीर १४ गते उपनिर्वाचन हुदैछ । प्रदेश सांसद स्व. उत्तरकुमार ओलीको सवारी दुर्घटनामा परि निधन भएपछि उक्त पदका लागी उपनिर्वाचन हुदैछ । उक्त क्षेत्रमा १२ राजनितिक दल र दुई स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सवै उम्मेदवारले आ.आफनो पक्षमा भोट माग्दै जित्ने दावीका साथ आफनो एजेण्डा लिएर मतदाता सामु पुगेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्वर्गिय उत्तर कुमार वलीकी धर्मपत्नीलाई उम्मेदवार बनाएको छ । यसै सन्दर्भमा पार्टीको तर्फबाट उम्मेदवार बनेकी बिमला कुमारी खत्री वली संग सहकर्मी लक्ष्मण विश्वकर्माले कुराकानी गरेका छन् । (सम्पादक)
- स्वागत यहाँलाई ?
धन्यवाद ।
प्रदेश सभा सदस्य पदका लागी तपाईले पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको छ ? तपाईको उम्मेदवारी केका लागी हो ?
सर्वप्रथम त मलाई मेरो गौरवशाली पार्टी नेकपाले टिकट दिएर उम्मेदवार बनाएको हुदा म पार्टी र नेताहरुलाई धन्यावाद दिन चाहान्छु ? मेरो श्रीमान् जिवित हुदा सम्म मैले जिन्दगीमा यसरी चुनाव लड्नु पर्ला भनेर कहिल्यै कल्पना गरेको पनि थिईन् ।अचानक मेरो जिवन र घरपरिवारमा अकल्पनिय घटना भयो । मैले मेरो जिवनसाथी गुमाउदा जिन्दगीमा अहिले सम्मकै पिडा सहनु पर्ने बाध्यता छ ।
त्यति मात्रै होईन उक्त घटनाले देश र पश्चिम दाङबासीलाई समेत पिडा दिएको छ । यस्तो पिडा हुदा हुदै पनि किन चुनावमा भाग लिएको भन्ने म प्रति धेरैको प्रश्न छ ? तर म चुनावमा उठ्नुको उद्देश्य भनेको मेरो श्रीमानले छाडेका अपुरो कामलाई पुरा गर्नु हो । खासगरी उक्त घटनाले गर्दा उहाले देखेको जुन सपना थिए त्यो सवै अपुरा भएका छन् । अव त्यो अपुरा सपना पुरा गर्नका लागी पार्टीले मलाई ठुलो जिम्मेवारी सुम्पेको छ ।
साच्चिँकै भन्नुपर्दा यसमा अरु कुनै व्यक्तिगत स्वार्थ छैन । मेरो श्रीमान्ले पश्चिम दाङबासीका लागी धेरै विकास निर्माणका काम गर्नु भएको थियो ।जसले गर्दा उहाले छोटो समयमै जनताको मन जितेर लोकप्रिय बन्नु भएको थियो ।उहा जिवित छदा पश्चिम दाङमा सडकबाटो, पुल , खानेपानी जस्ता तमाम विकास निर्माण कामहरु भएका छन् । उहाकै पहलमा प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा मात्रै विभिन्न योजनाका लागी करोडौ बजेट विनियोजन भएको छ ।
स्वर्गिय सांसद उत्तर कुमार वलीले के कस्ता योजना बनाउनु भएको थियो ? तपाईलाई थाहा छ ।
अब सवै कुरा मलाई याद भएन तर पनि जहा मानव बस्ती बसेको हुन्छ त्यहा अनिवार्य विकास र समृद्धिको आबश्यकता पर्दछ भन्ने कुरालाई उहाको मुख्य एजेण्डा थियो । ती आबश्यकतालाई पुरा गर्ने दायित्व राज्यको हो भन्दै उहाले त्यसरी विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गदै आउनु भएको थियो ।विकास भनेको साझा हुनुपर्छ त्यसमा कुनै पाटीगत वा स्वार्थगत गर्नुहुदैन भन्ने उहाको कथन थियो ।जसले गर्दा उहाले थुप्रै विकास योजनाहरुको खाका तयार पार्नु भएको थियो । उहा जे बोल्नु हुन्थ्यो त्यो पुरा गरेर देखाउने गर्नुहुन्थ्यो । उहाका धेरै सपना थिए तर के गर्नु त्यो सपनामै सिमित हुन पुग्यो ।
स्वर्गिय सांसद उत्तर कुमार वलीले छाडेका अपुरा सपना त ? अरु सांसद बनेपछि पनि पुरा गथ्र्ये होला ? तर तपाई आफै किन चुनाव लड्दै हुनुहुन्छ ।
साच्चिकै भन्नपर्दा हो तपाईले भने जस्तै उत्तर जी को ठाउँमा अरु आएपनि काम गर्थे होला भन्ने कुरामा म सहमत छैन । किन भने जनताले उहालाई जति विश्वास गर्नु भएको थियो , त्यति विश्वास अरु नेतालाई गर्नु सक्नुहुन्न ।
किनकी उहा जस्तै अरु नेता नभएर होला सायत पार्टीले पनि उत्तर जस्तै अरुलाई विश्वास गर्न नसकेर उहाको ठाउँमा मलाई जिम्मेवारी दिएको छ । त्यसैले जनताले उत्तर वली झै सम्झेर मलाई भोट दिएर जिताउनु हुनेछ भने मैले पनि उत्तर वलीकै अपुरा सपनालाई पुरा गर्नेछु ।उत्तर वलीलाई विश्वास गर्ने जनताले उत्तरकी धर्मपत्नीलाई पनि विश्वास गर्नु भएको छ ।
चुनावमा एकाएक होमिदा तपाईले कस्तो महसुस गर्नु भएको छ ?
चुनावमा एकाएक होमिदा केहि समस्या र अठ्याराहरु त छन् तर पनि सिङगो पार्टी, नेता, मन्त्री, कार्यकर्ता, मेरो घरपरिवार ,आफन्ती, शुभेच्छुक सवैबाट राम्रो सहयोग पाएको हुदा म खुशी नै छु ।सवैले हौसला ,प्रेरणा दिनु भएको छ ।सुरु सुरुमा बोल्न केहि अप्ठ्यारो भएता पनि अहिले विस्तारै सहज भएको छ ।
अव तपाई एक्लै हुनुहुन्छ ? घरपरिवार चलाउनु पर्ने होला,राजनितिमा लागेर भविस्य बन्छ त ।
भविस्यको कुरा त जहिले जिवन साथी गुमाउनु प¥यो त्यहि दिन देखी भविस्यको सपना चकनाचुर भईसक्यो । उहा जिवित हुदा पनि जनता र राष्टको निम्ति बढि समय खर्चनु भएको थियो ।
त्यतिबेला पनि मैले नै घरधन्दा धानेको थिए । त्यस कारण मलाई घर धन्दा पनि श्रीमान्का अपुरा सपना कसरी पुरा गर्ने भन्ने चिन्ता छ । पहिले एउटा जिम्मेवारी थियो भने अब दुई वटा जिम्मेवारी आईपरेको छ । जसले गर्दा केहि चुनौती त आउला तर पनि म पछि हट्ने छैन ।
मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतादाताहरुबाट मैले धेरै राम्रो साथ पाएको छु ।म जब मतदाता सामु पुगेर बोल्दा ,भाषण गर्दा धेरैले आशु समेत झार्नु भएको छ । मलाई उहाहरुले उत्तर वली झै सम्झेर विजयी प्राप्तीको लागी आर्शिवाद दिनु भएको छ । मेरो हाँसो र आशुमा उहाहरुले साथ दिनु भएको छ ।
तपाईले चुनाव जित्ने आधार के के हुन् ?
मेरो चुनाव जित्ने बलियो आधार भनेको मेरो पार्टीले गरेको जनमुखी काम नै हो । नेकपा सरकारले जनताको जिवनस्तर बदलिने गरी नुज काम गरेको छ । जसले गर्दा जनता नेकपालाई साथ दिनुहुन्छ त्यसैले गर्दा मैले र मेरो पार्टीले जित्ने निश्चित छ ।
अर्को कुरा हाम्रो एजेण्डाहरु नै जनमुखी छन् । जनताको भलाईका लागी कसरी काम गर्न सकिन्छ भन्ने नै हाम्रो मुख्य ध्येय हो । यो कुरालाई पनि जनताले विश्वास गर्नु भएको छ । यस्तै नेकपा अहिले ठुलो शक्तिशाली पार्टी बनेको छ । अन्य पार्टी भन्दा हाम्रो पार्टीको जनमत धेरै छ ।
अन्तमा के केहि भन्नु छ ?
अन्तमा सर्वप्रथम मेरो विचार राख्न दिएकोमा तपाईको मिडियालाई धन्यावाद दिन चाहान्छु । र मतदाताहरुले मलाई स्वर्गिय सांसद उत्तर जी झै सम्झेर भोट दिनु हुनेछ भन्ने पुर्ण विश्वास गरेको छु । म अहिले दुख घडिमा पनि शोकलाई शक्तिमा बदलेर उहाका अपुरा सपना अर्थात जनता सामु उहाले गरेका बाचाहरु मैले पुरा गर्नका लागी चुनावमा भाग लिएको छु ।
त्यसैले मतदाताहरुले मलाई विजयी बनाउनु भयो भने साच्चिँकै मैले उहाहरुको भोटलाई भुल्ने छैन, खेर जान दिने छैन, कतिपय म संगै आशु बगाउनु भएको छ । म उहाहरुको आशुलाई त्यसै खेर जान दिने छैन । म उहाहरुको सु्खदुखमा सधै साथ दिने बाचा गर्न चाहान्छु । त्यसकारण सुर्यमा मतदान गरी मलाई विजयी बनाउन अपिल गर्दछु ।
प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार