दाङमा बस दुर्घटना हुदा एकको मुत्यु, ४ को अवस्था गम्भिर (विस्तृत सहित )

तुलसीपुर, १० मंसीर । दाङमा बस दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ भने २० जना घाईते भएका छन् । जिल्लाको घोराही देखी प्युठानको ढिकावाङ तर्फ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस बंगलाचुली गाउँपालिका वडा नम्वर ६ बचेनी भन्ने ठाउँमा मंगलवार दिउँसो सवा तिन बजे दुर्घटना हुदा बसमा सवार प्युठान माण्डवी गाउँपालिका वडा नम्वर २ बस्ने बर्ष १६ की नेहा वलीको घटना स्थलमै मुत्यु भएको ल्लिा प्रहरी कार्यालय दाङले जनाएको छ । बस दुर्घटनामा परि अन्य २० जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ भने अन्यको मध्यम र सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि बंगलाचुली गाउँपालिका वडा नं.६ रुपिनडाडा बस्ने ४० वर्षिय हिक्मत पुन गम्भिर घाईते भएका छन् । उनी बसको सहचालक भएको प्रहरीले जनाएको छ उनको थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ यस्तै बस चालक प्युठान माण्डवी गाउँपालिका वडा नम्वर १ बस्ने ३४ बर्षिय लोक बहादुर बुढा, घोराही उपमहानगरपालिका वडा न.१ बस्ने ३२ बर्षिय सन्तोष परियार, घोराही १६ शर्रा बस्ने २२ बर्षिया बिमला शर्मा गम्भिर घाईते भएका छन् । यस्तै अन्य घाईतेहरुमा बंगलाचुली ४ बस्ने १८ बर्षिया गिरा के.सी र प्युठान माण्डवी ४ बस्ने २० बर्षिया समिक्षा शर्माको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार माण्डवी गाउँपालिका २ बस्ने २० बर्षिय युवराज परियार, सोहि ठाउँ बस्ने १९ बर्षिय यज्ञ परियार, २४ बर्षिय बिरास परियार , घोराही ३ भैसपुर बस्ने २२ बर्षिया दिपा के.सी, घोराही १७ बस्ने बर्ष ३८ को बिरु घिमिरे , सोहि वडा बस्ने ३० बर्षिया रिखा परियार, सोहि ठाउँ बस्ने ७ बर्षिया रोसनी परियार, सोहि उपमहानगर २ बस्ने बर्ष ४१ कि गायत्री परियार, १७ बस्ने १८ महिनाकी रक्षा परियार, तुलसीपुर ७ बस्ने ३१ बर्षिय बसन्त के.सी, बंगलाचुली ६ तिग्ले बस्ने बर्ष १८ कि गिरा के.सी, रोल्पा रुम्टीगढी गाउँपालिका ३ बस्ने १८ बर्षिया उर्मिला परियार, सोहि ठाउँ बस्ने १९ बर्षिया भगवता परियार र घोराही १ बस्ने २३ बर्षिय केशव परियार घाईते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको जनाईएको छ । बस दुर्घटना हुनुको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया