अबको पाँच वर्ष भित्र आर्थिक वृद्विदर दोब्बरले बढ्छ : मुख्यमन्त्री

तुलसीपुर, १० मंसीर । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पाँच वर्षभित्र आर्थिक वृद्विदर दोब्बरले बढ्ने बताएका छन् । अबको तीन वर्षभित्र नेकपाकै नेतृत्वकै सरकारले आर्थिक वृद्विदर दोब्बरले बढ्ने क्रियाकलाप अघि बढेको मुख्यमन्त्री पोख्रेलको भनाई छ। पश्चिम दाङको हापुरेमा नेकपाले मंगलवार आयोजना गरेको च्ुनावी सभामा बोल्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । प्रतिपक्षले पाँच वर्षभित्र नेकपाको सरकारका कामकाजको बारेमा टिप्पणी गर्न उनले आग्रह गरे ।
नेकपा स्थायी कमिटि सदस्य समेत रहेका पोख्रेलले पश्चिमी दाङका सडक हिजो नेपाली काग्रेसको नेतृत्व रहेका धुलाम्य रहेका सडक नेकपाको दुई वर्षको अवधिमा कालोपत्र हुनु विकासको गति तीव्ररुपमा अघि बढेको बताएका थिए । नेकपाका उम्मेदवार विमला कुमारी खत्री वलीको साथमा संघीय सरकार, प्रदेश र स्थानीय सरकार सहित पश्चिमेली जनता रहेको बताउदै बिमला वलीलाई कसैले पनि कमजोर नसम्झीन मुख्यमन्त्री पोख्रलेले अनुरोध गरेका छन् ।

मुख्यमन्त्री पोख्रेलले पाँच वर्षभित्र जेष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने गरि सरकारले गृहकार्य गरिरहेको उद्घोष गरेका छन् । पश्चिमी क्षेत्रका जनतालाई नेपालगञ्जसम्मको सीधा सम्पर्क बढाउने सडकको काम अघि बढाएको बताएका छन् । मतदाताले जहिले पनि काम गर्ने र बिकास गर्न सक्ने नेता खोज्ने हुदा त्यो नेकपाबाट मात्रै सम्भव हुने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश अध्यक्ष ओनसरी घर्तीले नेकपाले महिलाहरुलाई नेतृत्व तहमा पु¥याउँदै आएको बताएकी थिईन् ।

समाजवादी पार्टीका सेर्पाइली नेकपामा प्रवेश

समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । दाङको हापुरेमा आयोजना गरिएको विशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन ।
प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोख्रेलले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन । नेकपामा प्रवेश गर्दै शेर्पाइलीले समाजवादी क्रान्ति ल्याउन नेकपाको झण्डा बोकेको बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया