सपथ लिएको ८० घण्टामै मन्त्रीद्धारा राजीनामा

काठमाडौ, १० मंसीर । सपथ लिएको ८० घण्टा बित्न नपाउँदै भारतको महाराष्ट्र राज्य सरकार ढलेको छ । त्यहाँका मुख्यमन्त्री देवेन्द्र फडणवीसले संसदमा बहुमतको परीक्षण हुनुअघि नै मंगलबार पदबाट राजीनामा दिएका छन्। महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले मंगलवार आफ्नो पदबाट राजीनामा दिएपछि यहाँको सरकार संकटमा परेको थियो। बीबीसीका अनुसार मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई भेटेर पवारले राजीनामा दिएका थिए। त्यसपछि मुख्यमन्त्रीको राजीनामा आएको हो।

गत शनिवार नाटकीय राजनीतिक खेलकाबीच फडणवीसले मुख्यमन्त्री पदको शपथ लिएका थिए। महाराष्ट्र सरकार बनाउनका लागि भारतीय जनता पार्टीलाई एनसिपीका संसदीय दलका नेता पवारले साथ दिएका थिए । गत शुक्रबार एनसिपीले शिवसेना र कांग्रेससँग मिलेर सरकार बनाउने तय गरेको थियो। त्यहाँ राष्ट्रपति शासन लागेको थियो। तर, भाजपाबाट त्यहाँका राज्यपाल भगतसिंह कोश्यारीले राष्ट्रपति शासन हटाएका थिए भने एक्कासी मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ दिलाएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया