दाङ, १० मंसीर । दाङमा सवारी दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ । घोराही देखी प्युठानको ढिकावाङ तर्फ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस बंगलाचुली गाउँपालिका वडा नम्वर ६ बचेनी भन्ने ठाउँमा मंगलवार दिउँसो सवा तिन बजेतिर दुर्घटना हुदा बसमा सवार एक जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परि मुत्यु हुनेको सुनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । बस दुर्घटनामा परि अन्य १२ जना घाईते भएका छन् । उनीहरुलाई उपचारका लागी राप्ती स्वास्थ्य प्रतिष्ठान घोराही पठाईएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार