बबईका चार बिद्यालयमा मतदाता शिक्षा कार्यक्रम

तुलसीपुर १० मंसिर । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) अन्र्तगत पश्चिम दाङको बबई गाउँपालिकामा रहेका चार वटा बिद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । यहि मंसीर १४ गते प्रदेश सभा सदस्य पदका लागी हुने उपनिर्वाचनलाई मध्येनजर गदै पञ्चकुले सिकाई केन्द्रको आयोजनामा मतदाता शिक्षा कार्यक्रम भएको हो । बिद्यालयमा रहेका बिद्यार्थी मार्फत् समाजमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुने भन्दै मतदाता शिक्षा कार्यक्रम भएको हो । नमुना मतपत्रको आधारमा बिद्यार्थीलाई बदर मत घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम भएको हो ।

पञ्चकुले सिकाई केन्द्रको आयोजनामा बबई गाउँपालिमा रहेका सरस्वती माबि चरकमटिया, भानुभक्त माबि कौशिलापुर, जनकल्याण माबि पदमपुर र सुधा शाह आधारभुत बिद्यालय छाउनीडाँडामा मतदाता शिक्षा कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यार्थी, शिक्षक, सञ्चारकर्मीको सहभागीता रहेको थियो ।कार्यक्रममा पञ्चकुले सिकाई केन्द्रका अध्यक्ष प्रेमबहादुर राम्जा, सामाजिक परिचालक सबिता देबकोटा, पदमपुर सिकाई केन्द्रका सामाजिक परिचालक कमला केसीले नमुना मतपत्र सहित भोट हाल्ने तरिकाका बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा बबई गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर डाँगी, सरस्वती माबिका शिक्षक बासुदेब मल्ल र सुधा शाह, आधारभुत बिद्यालयका प्रधानाध्यापक भानुभक्त अधिकारी लगाएतले बोलेका थिए । साथै बिद्यार्थीहरुले आफ्ना अभिभावक र गाउँ छिमेकमा मत बदर नहुने गरी सिकाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया