प्रशासनद्धारा दाङमा सवारी साधन चलाउन रोक (कुन कुन ठाउँमा चलाउन नपाईने हेर्नुहोस् )

तुलसीपुर, ९ मंसीर । दाङमा आगामी मंसीर १४ गते हुन लागेको उपनिर्वाचनलाई मध्येनजर गदै जिल्ला प्रशासन कार्यालय दाङले सवारीका साधन चलाउनमा रोक लगाउने जनाएको छ । निर्वाचनको समयमा सुरक्षा दृष्टिकोणको मध्येनजर गदै उपनिर्वाचनलाई भयरहित, मर्यादित, धाँधलीरहित,निष्पक्ष र शान्तीपुर्ण ढङगले सम्पन्न गर्नका लागी उक्त दिन सवारी साधन सन्चालनमा रोक लगाउने भएको छ । कार्यालयले  एक सुचना जारी गदै दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) मा पाँच नम्वर प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी हुने उपनिर्वाचनको दिन अति आबश्यक सवारी साधन बाहेक अन्य साधन चलाउन नपाईने जनाएको छ । यहि मंसीर १४ गते विहान ५ बजे देखी बेलुका ६ बजेसम्म आपतकालिन बाहेक अरु सवारी साधन नचलाउन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्धारा हस्ताक्षर गरीको सुचनामा घोराही उपमहानगरपालिका वडा नम्वर १६ को हकमा घोराही तुलसीपुर सडकखण्डको रतनपुरदेखी पश्चिम, गुर्जेखोला देखी पुर्व र मतदान हुने वडा क्षेत्र भित्र सवारी साधन चलाउन रोक लगाईएको छ । यस्तै निर्वाचन क्षेत्र नम्वर ३ (ख)को हकमा अमिलिया तुलसीपुर सडकखण्ड अन्र्तगत अमिलिया देखी जसपुर सम्म र सुर्खेत तुलसीपुर सडक खण्डको तुलसीपुर उपमहानगरपालिकाको गहतेखोला देखी पश्चिम सल्यान दाङ सिमाना देखी निर्वाचन क्षेत्र नम्वर ३ (ख) मतदान हुने सम्पुर्ण क्षेत्र भित्र रोक लगाईएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया