नेकपाको सरकार राष्ट्रिय हितको पक्षमा छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, ९ मंसीर । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा नेतृत्वको सरकार राष्ट्रिय हितको पक्षमा दृढताका साथ अघी बढेको बताएका छन् । प्रेस संगठन दाङले सोमवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले नाकाबन्दी गरेका बेला नेकपाकै नेतृत्वको सरकारले भारतलाई घुँटा टेकाउन बाध्य पारेको दावी गर्दै यसपटकको सीमा विवादलाई पनि कुटनैतिक तरवरले समाधान गर्ने बताएका छन् । सरकार सीमा विवाद समाधान गर्न गम्भीर भएको भन्दै उनले भारतलाई कुटनितिक नोट लेखेर दवाब दिएको बताएका छन् ।
नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेललेकालापानी र लिपुलेक नेपालको भएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसलाई तथ्यमा सावित गर्न नेकपा र सरकार दृढ भएको बताएका थिए । सीमा विवाद चलिरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई आक्षेप लगाएर गल्ती गरेको भन्दै उहाँले त्यस बिषयमा गल्ती बोलेको स्वीकार्न सुझाव समेत दिएका छन् । उनले नेपालको एक इन्च जमिन भारतलाई अतिक्रमण गर्न नदिने समेत बताएका थिए । नेकपाले सरकारको नेतृत्व गरेपछी कुल ग्राहस्थ उत्पादन बढेको भन्दै त्यसको वृद्धिदर भारतकोभन्दा उच्च रहेको बताएका छन् । देशका सात प्रदेश मध्य सबैभन्दा धेरै विकास प्रदेश पाँचमा भएको मुख्यमन्त्री पोखरेलको भनाई छ । मुख्यमन्त्री पोखरेलले दाङको विकासकालागि आफू प्रतिवद्ध भएको उल्लेख गर्दै नेकपाले सरकारको नेतृत्व गरेपछी दाङको विकासले गति लिएको समेत बताएका थिए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया