शान्ति समाजको राष्ट्रिय परिषद् बैठकको तयारी दाङमा तिव्र पारिदै

शरद रेग्मी, तुलसीपुर ९ मङ्सिर ।

आगामी मंसिर २७ र २८ गते दाङको तुलसीपुरमा हुन लागेको मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठकको तयारी तिव्र पारिएको छ । परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभागीय संयोजकहरु, समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २ सय भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता हुने भएको छ । त्यसका लागि आतिथ्य शाखा,दाङले तयारी शुरु गरेको हो ।

आवास,भोजन,शान्तिर्याली,शान्ति काव्य प्रवाह, वृक्षारोपण,विद्यालयहरुमा अन्तरक्रिया, र सरसफाई कार्यक्रमहरु समेत दाङ गरिनेछ । कार्यक्रमलाई ब्यबस्थीत रुपमा सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरिएको छ । जसमा शाखा सदस्य नवीन पोख्रेलको संयोजकत्वमा बृक्षारोपण समिति,निर्मल नेपालीको संयोजकत्वमा शान्ति काब्य, उषा गौतमको संयोजकत्व सरसफाई समिति र बिद्यालयहरुमा मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको ब्यबस्थापनका लागि सदस्य भीमलाल मरासिनीको संयोजकत्वमा समिति गठन गरिएको छ । शान्ति समाज दाङ शाखाको गत कार्तिक ९ मा बसेको बैठकले शाखा सभापति शरद रेग्मीको संयोजकत्वमा तयारी मुल समिति,उपसभापति तुलसीराम सुनारको संयोजकत्वमा आर्थिक संकलन उपसमिति,सदस्य हेमेन्द्र खड्काको संयोजकत्वमा आवास ब्यबस्थापन उपसमिति,सचिब निर्मला डाँगी योगीको संयोजकत्वमा भोजन ब्यबस्थापन उपसमिति, कोषाध्यक्ष अमृतप्रसाद शर्माको संयोजकत्वमा मञ्च तथा स्वागतद्धार ब्यबस्थापन उपसमिति गठन गरिएका छन् ।

मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको परिषद्को दाङमा हुने बैठकमा मानव अधिकार आन्दोलनको गन्तव्य :लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित कार्यक्रम हुने छ ।राष्ट्रिय परिषद् बैठकमा सिमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाँउ आन्दोलन, लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि अभियान, कारागार सुधारसहित ९ वटा प्रस्तावमा छलफल हुँने महासचिब सुशील बस्नेतले जानकारी दिनुभयो ।यसैगरी वर्ष २०७५÷७६ को समाजको वार्षिक गतिविधि सम्बन्धी प्रतिवेदन, आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन, वार्षिक बजेट तथा कार्ययोजना समेत प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया