नेपाली काग्रेंस विपिका उपसभापति सहितका नेता दाङमा

तुलसीपुर, ९ मंसीर । नेपाली काग्रेंस विपिका उपसभापति सहितका नेताहरु दाङ आएका छन् । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा आगामी मंसीर १४ गते हुन लागेको उपनिर्वाचनलाई मध्येनजर गदै नेपाली काग्रेंस विपिले आयोजना गर्ने चुनावी सभालाई सम्वोधन गर्न पार्टीका उपसभापति झलकनाथ वाक्ले, वरिष्ठ नेता देवी प्रसाद ओझा, पाटी प्रवक्ता देवेन्द्र प्रकाश पौडेल सहितका नेताहरु दाङ आईपुगेको चुनावी प्रचारप्रसार समितिका संयोजक लक्ष्मी प्रसाद आचार्यले जानकारी दिएका छन् ।पार्टीको तर्फबाट उम्मेदवार बनेका दिपक धिताललाई जिताउनका लागी पार्टीले भोलि (मंगलवार) श्रीगाउँमा बृहत चुनावी सभाको आयोजना गर्न लागेको छ ।सोहि सभालाई नेताहरुले सम्वोधन गर्नेछन् ।प्रदेश सभा सदस्य पदका उम्मेदवार दिपक धितालको पक्षमा भोट माग्दै विभिन्न स्थानमा चुनावी सभा, घरदैलो, मतदाता भेटघाट जस्ता कार्यक्रम जारी रहेको प्रचार समितिका संयोजक आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया