धार्दिङमा जन्ती बोकेको बस दुर्घटना एक जनाको मुत्यु , १७ जनाको अवस्था गम्भिर

धार्दिङ, ८ मंसीर । धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दर्जनौ मानिस घाइते भएका छन् ।नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान दुर्घटनामा परेको प्रहरीले बताएको छ ।दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिएका छन् । घाइते भएका मध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले उप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर पठाइएको उनले जानकारी दिएका छन् । घाईते २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया