निर्वाचन प्रति सरकार गम्भिर भएन : प्रवक्ता शर्मा

शरद रेग्मी
दाङ, ७ मंसिर/  नेपाली कांग्रेशका प्रवक्ता बिश्व प्रकाश शर्माले सरकार निर्वाचन प्रति गम्भिर नभएको वताएका छन । रिपोर्टर्स क्लब दाङले दाङको शान्तिनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेश प्रबक्ता शार्माले सरकार आचार संहिता पालना गराउन लाग्नुको सट्टा उल्टो आफ्नै दलका कार्यकर्ताहरुलाइ निर्वाचन आचार संहिता विपरीत गतिबिधि गर्न लागाउनु दुखद घटना भएको वताए ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शर्माले यो उपनिर्वाचनमा जनतासंग नेकपाले मतदान माग्ने कुनै आधार नभएको बताउदै सरकारको गतिबिधि लाई सच्चाउनको लागि नेपाली काँग्रेशको पक्षमा मतदान गर्न उनले आग्रह समेत गरे । कार्यक्रमको सहजिककरण क्लबका उपाध्यक्ष बालाराम खड्काले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया