निर्वाचन आयोगद्धारा पाँच हजार बढि कर्मचारीको अस्थायी बिमा

काठमाडौ, ७ मंसीर । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा खटिने कर्मचारीहरुको बिमा गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५ सय ५२ जनाको विभिन्न अवधिका लागि सामूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको बीस लाख रुपैयाँको बीमा गरिएको छ । उपनिर्वाचनमा मतदान केन्द्रमा दुई हजार ६ सय ८४ कर्मचारी तथा दुई हजार १सय ३४ जना स्वयम्सेवक खटिनेछन् । कास्की, दाङ, बाग्लुङ, सुनसरी र भक्तपुर मतगणना गर्ने कर्मचारीको सङ्ख्या ८० रहेको छ भने अन्य जिल्लाका लागि ३सय ४४ र मतदाता शिक्षा कार्यकर्ता ३सय १० जना परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया