सुकिदहमा ऐतिहासीक मेला तथा वडा अध्यक्ष कप हुने

तुलसीपुर, ७ मंसीर ।तुलसीपुर ४ मा रहेको सुकिदहमा ऐतिहासीक मेला एवं महोत्सव तथा वडा अध्यक्ष कप प्रतियोगिता हुने भएको छ । प्रत्येक वर्ष मंसीर पुर्णिमा अवसरमा सुकिदहमा लाग्ने मेलालाई यस वर्ष बृहत मेलाको आयोजना गर्ने तयारी गरिएको वडा अध्यक्ष बालकृष्ण रानाले बताएका छन् ।यस वर्षको मंसीर पुर्णिमा आगामी मंसीर २६ गते परेको छ ।हरेक वर्ष सुकिदहमा एक दिन एक रात मेला लाग्दै आएको छ । तर पछिल्नो समयमा सुकिदहको संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले वडा कार्यालयले वडाको पहिचानको रुपमा प्रचारप्रसार गर्नका लागी बृहत सांस्कृतिक कार्यक्रम तथा मेलाको आयोजना गर्न लागीएको वडा अध्यक्ष राणाले बताएका छन् । साथै सोहि अवसरमा वडामा खेलकुदको विकास गर्नका लागी वडा अध्यक्ष कप प्रतियोगिता पनि हुने भएको हो ।
वडा अध्यक्ष कप अन्र्तगत भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा वडा अन्र्तगत रहेका १० वटा सामुदायिक बन समुहले मात्रै भाग लिन पाउनेछन् । यस्तै स्वर्गिय यम बहादुर राणाको स्मृतिमा बक्सिङ प्रतियोगिता पनि हुने भएको छ । यसको मापदण्द
मेला तथा खेलकुदलाई भव्य रुपले सफल बनाउनका लागी मुल आयोजक समिति गठन गरिएको छ । शनिवार सुकिदहमा सम्पन्न भएको सरोकारवालाहरुको बैठकले वडा अध्यक्ष बालकृष्ण राणाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।मेलाको उद्घाटनका लागी पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई निमन्त्रणा गर्ने योजना बनाएको वडा अध्यक्ष राणाले बताएका छन् । खेलकुद प्रतियोगिता भने मेला आयोजना हुनु अगाडी नै सुरु हुने बताईएको छ ।
बैठकमा वडाका राजनितिक दल, बन समुहका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार र स्थानिय लगाएतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण वडा सचिव लोकमणि पोख्रेलले गरेका थिए । मेलामा स्थानिय स्तर देखी जिल्ला बाहिर सल्यान र रुकुमबाट समेत आउने गरेको जानकारहरुले बताएका छन् ।मेलामा मदिरा बेचविखन निशेषधित गरिने भएको छ ।मंसीर पुर्णिमाको अघिल्नो दिन बाह्रकुने दहका देवता सुकिदहमा आएर एक रात बास बसेको हुदा मेला एक दिन र एक रात मेला लाग्ने गरेको स्थानिय शंकर प्रसाद लामीछाने बताएका छन् । त्यहा आफुहरुले चमेरे झाँक्रीको पुजापाठ गदै आएको उनले जानकारी दिएका छन् । साथै पुजापाठ गर्नाले सोचेको ईच्छा पुरा हुने धार्मिक मान्यता रहेको उनको भनाई छ ।
विभिन्न उपसमिति गठन
यसैविच मेलालाई भव्य र मर्यादित रुपमा सफल पार्नका लागी मुल आयोजक समितिको मातहतमा रहने गरी बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । जसमा घन बहादुर पुनको संयोजकत्वमा ११ सदस्यिय मन्च व्यवस्थापन समिति, शंकर चौधरीको संयोजकत्वमा फिल्ड निर्माण समिति, बसन्त पौडेलको संयोजकत्वमा प्रचारप्रसार समिति, तेजेन्द्र डाँगीको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम संयोजक, ढक बहादुर विकको संयोजकत्वमा भलिवल खेल समिति, गगन राणाको संयोजकत्वमा बक्सिङ खेल समिति, मोहन शर्माको संयोजकत्वमा झाँकी,जुलुस तथा साँस्कृतिक मुल्याङकन समिति र गणेस प्रसाद गिरीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको वडा सचिव लोकमणि पोख्रेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया