दुर्घटनामा परी ओमबहादुरको निधन

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा भएको सवारी दुर्घटनामा परी कावासोती ३ निवासी ओमबहादुर अधिकारीको निधन भएको छ ।

कावासोती ४ हसौरामा लु ४३ प १९०७ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा अधिकारीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अधिकारी राति नै दुर्घटनामा परेको हुनसक्ने र विहान मात्र स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया