बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितलाई मुअब्जा

राजेन्द्र न्यौपाने
गोरखा, ७ मंसीर । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीबाट प्रभावित क्षेत्रका मुअब्जा नपाएका बासिन्दाहरुलाई केही दिनभित्रै मुअब्जा वितरण गर्ने तयारी भईरहेको छ । नेपाल सरकार मन्त्रीपरिषद निर्णय अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मंसीर ३ गतेपत्र लेखि प्रभावितहरुलाई छिटो मुअब्जा वितरण गर्न भनेको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुअब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाईको म्याद थप गर्दे मन्त्रालयले मुअब्जा वितरणका लागि प्रयाप्त बजेट समेत पठाएको जनाएको छ ।
यस अघि आयोजना निर्माणका लागि अधिग्रहण गरिएका जग्गाको केही क्षेत्रको मुअब्जा वितरणमा सरकारबाट ढिलाई हुँदै आएको थियो । कार्तिक २९ गते बसेको मन्त्रीपरिषदले निर्णय गरेपछि गोरखा र धादिङ जिल्लाका प्रभावित क्षेत्रका जग्गााको मुअब्जा वितरण गर्न लागिएको हो । चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रम अनुसार सबै काम सम्पन्न गर्न मन्त्रालयले निर्देशन गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया