कांग्रेस कार्यकर्ताबाट कुटिय नेकपाका कार्यकर्ता

तुलसीपुर, ७ मंसीर । नेपाली कांग्रेसका कार्यकर्ताले दाङको शान्तिनगर गाउँपालिका ७ खैरेनी निवासी श्याम चौधरीमाथि कुटपिट गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा )निकट चौधरीलाई शुक्रबार राति १० बजेतिर आक्रमण गर्दा घाईते भएको नेकपा शान्तिनगरका सचिब गोबिन्द भण्डारीले बताए । नेपाली कांग्रेस निकट स्थानीय पारस पाण्डेको टोलीले आक्रमण गरेको सचिब भण्डारीले बताए ।बाटोमा हिडिरहेको अबस्थामा उनीमाथि आक्रमण भएको हो । टाउकोमा चोट लागेका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया