नेकपाको चुनावी सभामा महिलाको उत्साहजनक सहभागीता

शान्तिनगर,६ मंसीर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शान्तिनगर गाउँकमिटिले आयोजना गरेको चुनावी गाउँसभामा महिलाहरुको सहभागिता उल्लेख्य देखिएको छ ।नेकपाको उमेदवार पनि महिला भएको अवस्थामा गाउँसभामा देखिएको उपस्थितिमा पनि महिलाहरुको उपस्थिति बाक्लो रहेको छ । नेकपाकी उमेदवार विमला वलीलाई जिताउँन महिलाहरु सक्रियका साथ सहभागी हुदै आएका छन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरीे गरिएको नेकपाको शान्तिनगर गाउँपालिका स्तरिय सभालाई अर्थपूर्णरुपपा हेरिएको छ । सभालाई संवोधन गर्न नेकपाका केन्द्रीय नेताहरु जगप्रसाद शर्मा, दामा शर्मा, राष्ट्रिय सभा सदस्य कोमल वली, प्रतिनिधी सभा सदस्य हिरा चन्द्र केसी, जिल्ला कमिटि अध्यक्ष टिकाराम खड्का लगाएतका नेताहरुले सम्वोधन गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया