नवनियुक्त मन्त्रीलहरुले शपथ लिए

काठमाडौ, ५ मंसीर । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई शपथ गराएकी थिईन् । राष्ट्रपति कार्यालय शीतल निवासमा विहिवार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ लिने नयाँं मन्त्रीमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट र रामेश्वर राय (श्रम) मन्त्री रहेका छन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षानिकायका प्रमुखलगायतको सहभागिता थियो । यसअघि बुधवार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । मन्त्री लालबाबु पण्डित, गोकर्ण बिष्ट, चक्रपाणि खनाल, मातृका यादव, रघुबीर महासेठ र थममाया थापालाई बर्खास्त गरिएको छ भने राज्यमन्त्री धनबहादुर बुढा र रामकुमारी चौधरी समेत हटाइएका छन् ।

सिंहदरबारमा नयाँ मन्त्रीको स्वागत 
नवनियुक्त मन्त्रीलाई सिंहदरबारभित्र कर्मचारीले फूलमालासहित स्वागत गरेका छन् । उनीहरूलाई स्वागत गर्नको लागि कर्मचारी लामबद्ध भएका थिए । गएराति नियुक्त भएका मन्त्रीले विहिवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण लगत्तै उनीहरू कार्यभार सम्हाल्न मन्त्रालय पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया