विद्यार्थीलाई निशुल्क फोरजी सीम बितरण गर्दै

तुलसीपुर, ५ मंसीर

नेपाल टेलिकम तुलसीपुरले आजदेखि विद्यार्थीहरुलाई फोरजी सीम निशुल्क वितरण गर्न सुरु गरेको छ । कक्षा ११ देखि माथिका विद्यार्थीलाई दुई सय एमबी डाटा सहितको पोरजी सीम उपलब्ध गराउन लागिएको हो । पहिलो दिन बिहिबार गुरु जजुर माध्यामिक विद्यालय रक्षाचौरमा करिब ४ सय वटा सीम वितरण गरिएको नेपाल टेलिकम तुलसीपुरका साहयक लेखापाल सुरेश कुमार शर्माले जानकारी दिए । उनका अनुसार दाङमा सबै ठाउँमा रहेका विद्यालयमा पुगेर निशुल्क सीम बितरण गरिने भएको छ । विद्यार्थीहरुलले सहजरुपमा इन्टरनेट मार्फत शिक्षा सम्बन्धी ज्ञान आर्जन गर्न सजिलो होस भन्ने उद्देश्यले  सीम बितरण सुरु गरिएको हो । टेलिकमका अनुसार बढी स्पीड हुने फोरजी सिममा ६ महिना सम्म १२ सय एमी डाटा निशुल्क प्रयोग गर्न पाइने छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया