देशको हितका लागि सबै पार्टी जुट्नुपर्छ : महासचिव मैनाली

तुलसीपुर,४ मंसिर

नेकपा मालेका महासचिव सिपी मैनालीले देशको हितका लागि सबै पार्टी जुट्नु पर्ने बताउनुभयो । कतिपय पार्टी देश र जनताको चिन्ता भन्दा पनि आफनो स्वार्थका लागि लडेको बताउदै महासचिव मैनालीले नेकपा माले देश बनाउने पक्षमा सधै लागेको बताउनुभयो । रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले देशमा सामाजिक पुजीको विकास गर्न आवश्यक रहेको बताउदै मुलकमा अर्थतन्त्रको बिकास गर्ने लक्ष्य र उदेश्य आफनो पार्टीसंग मात्रै रेहेको दावि गर्नुभयो । दलाल माफिया पुजिवादको अन्त्यका लागी देशमा राष्ट्रिय पुजि राष्टिय उद्योगबढाउनुपर्ने उहाले बताउनुभयो ।

दाङ क्षेत्र नम्वर ३ ख मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई बिजयी गराउनका लागी प्रचार प्रसारका क्रममा आउनु भएका मैनालीले दलहरुका एजेण्डा हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह समेत गर्नुभयो ।

नेकपा माले समानता र समावेशीकरणको पक्षमा रहेको बताउदै महासचिव मैनालीले आफु र आफनो पार्टी धर्म निरपक्षताको बिरोधमा रहेको पनि प्रष्ट पार्नुभयो बर्तमान सरकार क्रिस्चीयन धर्मको प्रचार प्रसार र प्रबद्र्धनमा लागेको आरोप लगाउदै नेपालमा भएको क्रिस्चीयन सम्मेलनलाई सफल पार्न सरकार आफै लागी परेको बताउनुभयो । क्लवका अधयक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रिपोटर्स क्लव दाङका महासचिव विमल गौतमले गर्नु भएको थियो ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया