तुलसीपुर,४ मंसीर ।
आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी दाङ निर्वाचच क्षेत्र ३ ख नेकपाले आज पनि चुनावि अभियान जारी राखेको छ । अभियान अन्र्तगत विभिन्न स्थानमा चुनावि सभा सम्पन्न गरेको चुनाव प्रचार प्रसार समितिले जनाएको छ । यसैक्रममा तुलसीपुर ११ कँटाहामा भएको चुनावि सभामा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । सभालाई सम्बोधन गर्दै उम्मेदवार विमला कुमारी खत्रि वलीले जनताको सुख दुखमा समय खर्चिने बताएकी थिईन ।
हरेक नागरीकलाई समृद्धि संग जोडी हरेक नागरीकको जिवनस्तरमा सुधार हुनेगरी काम गर्ने उनले बताएकि थिईन । यस्तै,पश्चिम बबई गाउपालीकाको वडा नम्बर १, ३, ४, ५ र ७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सम्बन्धीत वडाका ईन्चार्जहरुको अगुवाईमा र्याली सहित घरदैलो गरिएको होे । दलवल सहित घर घरमा पुगेका नेता कार्यकर्ताहरु लाई मतदाताहरुले यसपाली पनि नेकपालाई विजयी बनाउने प्रतिबद्धता जनाएका छन । स्व.उत्तर कुमार वलीकि पत्नी विमलाबाट अधुरा रहेका विकास निर्माणका कामहरु पुरा हुने हुदा विमलाको विकल्प नभएको उनीहरुले बताएका छन । यस्तै दंगिशरण गाउपालीका १ मा पनि नेकपाले घरदैलो अभियानको सुरुवात गरेको छ ।